शुक्रबारदेखि काठमाडौं उपत्यकामा सुधारिने वायुको अवस्था

  नेपाली सन्देश डट कम | २१ चैत्र २०८१, बिहीबार १०:३९

काठमाडौं। पछिल्ला केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा गढिएको बादल हट्न अझ केही दिन लाग्ने भएको छ।

मौसमविद् बिनु महर्जनका अनुसार भोलि (शुक्रबार) देखि वायुको गति आजको तुलनामा केही तीव्र हुने सम्भावना छ, जसले क्रमशः सुधार ल्याई आकाश खुल्ने संकेत देखिएको छ।

हाल राजधानी उपत्यकामा वर्षाको सम्भावना नरहे पनि बादल विस्तारै हट्दै जाने लक्षण देखिएको उनले बताइन्। बुधबारको तुलनामा आज तापक्रम केही घटेको छ भने भोलिदेखि तापक्रम बढ्ने अनुमान गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। लुम्बिनी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?