बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा अस्थायी वैकल्पिक सडक सञ्चालन

  नेपाली सन्देश डट कम | १९ चैत्र २०८१, मंगलवार ०५:०३

धुलिखेल (काभ्रेपलाञ्चोक) – गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गमा अस्थायी वैकल्पिक सडक निर्माण गरी सवारीसाधन सञ्चालन भइरहेको छ।

नमोबुद्ध नगरपालिका-५ चौकीडाँडादेखि सिन्धुलीको सिमाना बर्खेखोलासम्म खोलाको बगरैबगर बनाई वैकल्पिक सडक सञ्चालन गरिएको हो। काठमाडौंबाट पूर्वी तराई जान छोटो दूरीको मुख्य मार्ग मानिने बीपी राजमार्ग बर्खायाममा अझ जोखिमपूर्ण बन्न सक्ने भएकाले भक्तपुर सडक डिभिजनले थप सुरक्षित वैकल्पिक मार्ग निर्माणको तयारी गरिरहेको छ।

विशेषगरी चौकीडाँडास्थित अत्यधिक क्षतिग्रस्त भागमा खोलाको सतहभन्दा माथि उठाएर नयाँ वैकल्पिक सडक निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको छ। आगामी बर्खायामलाई मध्यनजर गर्दै यो सडक सुरक्षित र सञ्चालनयोग्य बनाउने योजना रहेको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?