काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले संसद रोष्टमबाट दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्रीले २५ गते राजालाई गरिएको स्वागतलाई ‘कथित’ भनेर बोलेको विषयलाई असंसदीय भाषा भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीको अभिव्यक्तिले संवैधानिक मर्यादामाथि प्रश्न उठ्ने दाबी गरे। उनले भने “प्रधानमन्त्रीज्यूले संसदको नियमावली २०७९ को नियम २१ र २६ उल्लंघन गर्नुभयो। उहाँको शब्दावली असंसदीय मात्र नभई, अपमानजनक पनि छ। यस्तो भाषा रेकर्डबाट हटाइनुपर्छ।”
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै शाहीले संसदमा उभिएर विरोध जनाएका थिए। उनले प्रधानमन्त्रीलाई जिम्मेवार भएर बोल्न आग्रह गर्दै राजा तथा संवैधानिक निकायहरूको सम्मान सुरक्षित राख्नुपर्ने बताए।
यस विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच संसदमा तीव्र बहस हुनसक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया