*रास्वपामा ठूलो सुधारको घोषणा*

  नेपाली सन्देश डट कम | १८ चैत्र २०८१, सोमबार १३:२४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संरचनामा ठूलो सुधार गर्ने घोषणा गरेका छन्।

केन्द्रीय समितिको दोस्रो बैठकमा लामिछानेले राजनीतिक प्रतिशोधको पीडा सुनाउँदै संगठनलाई सशक्त बनाउने प्रतिबद्धता जनाए। उनले आफूलाई राज्यले राजनीतिक प्रतिशोधस्वरूप यातना दिएको आरोप लगाए।

संविधान र व्यवस्थामा सुधारको आवश्यकता औंल्याउँदै, उनले रास्वपाले यसको नेतृत्व लिने दाबी गरे। साथै, पार्टी पुनर्संरचनाका लागि १५ दिनभित्र लिखित सुझाव दिन आग्रह गरे।

रास्वपालाई अवसर खोज्नेहरूको होइन, देश बनाउनेहरूको पार्टी बनाउने बताएका लामिछानेले राष्ट्रिय भेलाअनुसार प्रथम महाधिवेशन समयमै गर्ने निर्देशन दिए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?