इटहरीको सेन्टर प्लाजा आगलागी: ११ जनाको सकुशल उद्धार

  नेपाली सन्देश डट कम | १३ चैत्र २०८१, बुधबार ०६:५४

सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ ।

सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका ११ जनाको सकुशल उद्धार गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले जानकारी दिए।

सकुशल उद्धार हुनेमा ८ जना पुरुष र ३ जना महिला रहेका छन्। उद्धार गरिएकोमध्ये एक जनालाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?