चितवनकी पत्रकार संगिता बानियाँको निधन

  नेपाली सन्देश डट कम | ७ चैत्र २०८१, बिहीबार ०५:२२

भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगिता बानियाँको निधन भएको छ । 

ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।

पत्रकार बानियाँको पार्थिव शरिर केहि बेरमा भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिदैँछ ।

 बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केहि समयदेखि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको थियो ।

 पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिए पनि स्तन क्यान्सर पूर्णरुपमा निको भएकाे थियाे । तर, पुनः ब्रेनमा क्यान्सर देखिएको थियो । बानियाँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत थिइन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?