हङकङमाथि नेपाल ६ विकेटले विजयी

  नेपाली सन्देश डट कम | १ चैत्र २०८१, शुक्रबार १६:४२

काठमाडौँ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । जारी चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको १०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

नेपालका लागि सम्झना खड्काले सर्बाधिक ४७ रन बनाएकी थिइन् भने पुजा महतोले अविजित २०, कप्तान इन्दु बर्माले १८ रन बनाएकी थिइन् ।    

यसअघि हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १०४ रन बनाएको थियो ।

हङकङका लागि शनजीन शाहजादले सर्बाधिक ५४ रन बनाएकी थिइन् भने नेपाली बलर राजमती ऐरीले ३ विकेट लिएकी थिइन् ।

योसँगै नेपाल यस सिरिजमा चौथो भएको छ र अब तेस्रो स्थानको लागि आइतबार खेल्ने भएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?