✍️ नवराज लामिछाने:खाउ खाउ मिलेर खाउ

  नेपाली सन्देश डट कम | १३ कार्तिक २०७८, शनिबार १३:५७

खाउ कविता

खाउ खाउ मिलेर खाउ, चपाएर निलेर खाउ, शिर झारेर खाउ, शिर ठाडो पारेर खाउ, कुरा बङ्गयाएर खाउ जनतालाई दङ्गयाएर खाउ, कर छलाएर खाउ, राम्रो संग गलाएर खाउ, हाब्रो च्यातेर खाउ, जिउ तन्काएर खाउ, आँखा सन्काएर खाउ

छाती फुलाएर खाउ,मन डुलाएर खाउ जनता भुलाएर खाउ, नाता खुलाएर खाउ , कुर्सी घुमाएर खाउ, प्रतिष्ठा गुमाएर खाउ, देशलाई सितनमा चोपेर खाउ, देखलान भनेर आँखा छोपेर खाउ,

कानुन लाई न्याकेर खाउ, पदलाई झ्याकेर खाउ , नमस्कार ठोकर खाउ, कोसेली बोकेर खाउ , नाता जोडेर खाउ, इमान तोडेर खाउ, खाउ खाउ पखला चलुन जेल खाउ जिउ फतक्क गलुन जेल खाउ,

नाचेर खाउ भविष्यलाई साँचेर खाउ पेट फुलुनजेल खाउ जनता भुलुन जेल खाउ, बोल्नेको मुख सिलाई सिलाई खाउ चाँजो पाजो मलाई मिलाई खाउ, फलेको हागो तानि तानि खाउ मिठो मिठो छानी छानी खाउ,
खाउ खाउ आफ्नै सोची सोची खाउ सियोले घोची घोचि खाउ ।

लेखक:नवराज लामिछाने गजुरी गाउँपालिका वडा नं.५ छबिसे

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?