लिभरपुलको अर्को शानदार जित

  नेपाली सन्देश डट कम | २५ फाल्गुन २०८१, आईतवार ०२:०९

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनलाई पराजित गरेको छ ।  गएराती सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० ले पछि परेको लिभरपुलले कमब्याक गर्दै खेल जितेको थियो । लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि विल स्मालबोनले एक गोल गरेका थिए । 

यो जितपछि लिभरपुलको २९ खेलमा ७० अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।  त्यसैगरी साउथहम्पटनको भने२८ खेलमा ९ अंक छ र लिगको पुछारमा रहेको छ । 
            

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?