“सबै महिला र छोरीहरूको अधिकार : समानता र सशक्तिकरणको हकदार”

  नेपाली सन्देश डट कम | २४ फाल्गुन २०८१, शनिबार १९:२७


– रुविना शर्मा

समानता कसका लागि? जो कुर्सीमा छन्?
सशक्तिकरण कस्को? जो अरूलाई थिच्न सक्छन्?

नारी अधिकारका सुनाउने भाषण,
तर आफैंलाई मात्र अघि बढाउने शासन
अरूको घर खोस्न जान्ने,
आफ्नै जिन्दगी पोस्न जान्ने,
अनि आफु नारी दिवसका नायक भन्ने?

अधिकारको कुरा गर्ने,
तर अरूको अधिकार आफैँले खोस्ने।
छोरीचेलीलाई आफैँ बाध्य बनाउने,
अनि समानताको नारा लागाउने?

सशक्तिकरणको नाममा लाजै पचाउने,
आफु बाहेक अरूको अस्तित्व नै नस्वीकार्ने
सबै महिला र छोरीहरूको अधिकार भन्ने,
तर आफू मात्र त्यसको हकदार ठान्ने?

यो त कस्तो ठट्टा हो कि बिडम्बना हो?
समानता के केवल शब्दको गुढी-मुडी हो?
वा स्वार्थको पर्दा पछाडि लुकेको चलाखी हो?

पहिला आफैं सुधार, रिस र घमण्ड त्याग,
अरूको अस्तित्व स्विकार्ने हिम्मत बटुल,
त्यसपछि मात्र भन :
“सबै महिला र छोरीहरूको अधिकार : समानता र सशक्तिकरणको हकदार”

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?