आमा-बुवाको नाममा धादिङमा सुबिधा सम्पन्न अस्पताल बनाउने ऋषि धमलाको घाेषणा

  नेपाली सन्देश डट कम | ७ कार्तिक २०७८, आईतवार ११:४९

काठमाडौं, ७ कार्तिक
रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले आगामी दुई/तीन वर्षभित्र धादिङको राजमार्ग आसपासमा आफ्नो आमा–बुवाको नाममा सुविधासम्पन्न अस्पताल बनाउने घोषणा गरेका छन्आफ्नो ४६औं जन्मदिन मनाउने क्रममा रिपोर्टर्स क्लब नेपालमा आईतबार आयोजित कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् ।

आफू्नो गृहिजल्लामा दुई/तीन वर्षभित्रै सुविधासम्पन्न अस्पताल बनाईसक्ने धमलाको घोषणा छ । उनले अस्पताल बनाउनुको कारण भने राजमार्गमा सयौंको संख्यामा विरामी बोकेर आएका एम्बुलेन्सहरु जाममा परेको देखेर धादिङमा अस्पताल बनाउने सोच बनाएको बताएका छन् । उक्त अस्पतालमा भने गरिब, असहाय, दिनदुःखीहरुको भने निःशुल्क उपचार गर्ने पनि धमलाले घोषणा गरेका छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?