मौलापुर नगरपालिकामा मधानी महायज्ञमा भगवान शिवको बारात यात्रा निकालिएको छ । शिव र पार्वतीको विवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञको शुभारम्भ भएकोछ ।
मधानी महायज्ञमा नेपाल र भारतका लाखौं सर्वसधारणको सहभागिता रहेको थियो । बर्षौ पहिला शिवको मुर्ति फेला परेको थियो । त्यसपछि पुरातत्व विभागले उत्खनन गरेको थियो । उत्खनन गर्दै गर्दा त्यहाँ ऐतिहासिक रुपमा महत्वपुर्ण मन्दिर लगायतका बस्तुको फेला परेको थियो । त्यसपछि लगाातार उत्खनन हुदै गएपछि गुप्तकालिन बस्तुहरु फेला परेकाले मौलापुर नगरपालिका त्यसको संरक्षण गर्न तर्फ लागेको छ । हजारौं बर्ष पुराना मन्दिर सहित बिभिन्न बस्तु फेला परेपछि त्यसलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने माग उठदै आएको छ ।
प्रतिक्रिया