नेकपा एसको केन्द्रिय समिति बैठक बस्दैँ

  नेपाली सन्देश डट कम | ८ फाल्गुन २०८१, बिहीबार ०२:३५

काठमाडौं । नेकपा एकीकृत समाजवादीको  केन्द्रिय समितिको बैठक बस्दैँछ ।

 हिजोदबिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बसे पछि आज केन्द्रीय समितिको ब‌ैठक बस्न लागेको हो।

 अस्ति बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेका तथा आजको बैठकका लागि अजेन्डा तय गरेको थियो ।

जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ भने बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्ध,मा र प्रकृति लम्साल मृत्यु प्रकरणसहित समसमायिक प्रस्ताव पारित गरेको थियो ।

 

सरकारले हालै ल्याएको ६ वटा अध्यादेशको बिपक्षमा उभिने निर्णय गरेको नेकपा एसले पोलिटब्युरो समितिको बैठकमा नेताहरूको धारणा माग्ने जनाइएको छ ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?