देशैभर आजदेखि भेरोसेल खोप लगाइने

  नेपाली सन्देश डट कम | ४ आश्विन २०७८, सोमबार ०४:०६

सरकारले आजदेखि देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका सबै नागरिकलाई खोप दिइने छ । यी जिल्लामा खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप लगाइने मन्त्रालयले जनाएको छ।
मनाङ, मुस्ताङ र रुकुम पूर्वबाहेक ५५ जिल्लामा भने ४५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ । काभ्रे र चितवनमा भने ३५ वर्षमाथिका सबै नागरिक र १८ वर्षमाथिको खोप लगाउन छुटेका विद्यार्थीलाई लगाइने छ । सबै जिल्लामा खोप लगाउन छुटेका १८ वर्षमाथिका विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?