माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने

  नेपाली सन्देश डट कम | २१ माघ २०८१, सोमबार ११:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ । 

 अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नीजि निवास, खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएकाे हाे ।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएकाे छ भने पार्टीले जितेका १ सय २३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने निर्णय भएको छ । उनका अनुसार फागुन ९ गते साे भेला हुने भएकाे छ । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?