भारतको महाकुम्भ मेलाबाट फर्किएको नेपाली चढेको स्कार्पियो गाडी दुर्घटनामा परेको छ। शनिबार बिहारको मुजफ्फरपुरमा गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ भने ४ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
गाडीमा ९ जना सवार रहेकामध्ये ४ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेहरुमा मन्तर्णी देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ। त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन्।
बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई ५ पटक सडकमा पल्टिएको बताइएको छ।
प्रतिक्रिया