गल्छि/धादिङ
धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नम्बर ४ कार्कीडाडा माबिमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अबसरमा आयोजित एक कार्यक्रममा १२० जना बिध्यार्थी लाई छात्रवृत्ति बितरण गरिएको छ । श्री किरान्चोक कार्किडाडा माबिको बिध्यालय ब्यबस्थापन समितिको अध्यक्ष दशरथ प्याकुरेलको अध्यक्षता, गल्छी गाउँपालिकाको उपाध्यक्ष राधा तिमल्सिनाको प्रमुख अतिथ्यता, गल्छी गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धि भट्टको बिशेस आतिथ्यता, गल्छी गाउँपालिका वडा नं. ४ को वडा सदस्य बाटुली खड्का, टंकेश्वर परिवार माधब रुपाखेती, प्रज्वल अधिकारी, उषा अधिकारी र बिब्यस सदस्य दिल बहादुर रम्तेल, चन्द्रबहादुर रम्तेल र स्वस्तिका खड्का लगायतको आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको छ । उक्त कार्यक्रममा गल्छी गापा ४ किरान्चोक कार्कीडाडा माबिका १०५ र गल्छी गापा ५ कालिका आधारभुत बिध्यालय १५ जना गरी १२० जना बालबालिका लाई छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति टंकेश्वर परिवारको आर्थिक सहयोगमा किरान्चोक कार्किडाडा माबिका बिध्यालय ब्यबस्थापन समितिका सदस्य दिल बहादुर रम्तेलको पहल बाट बितरण भएको थियो । छात्रवृत्तिमा बिध्यालय पोशाक, ब्याग र स्टेसनरी लगायतका सामाग्री रहेको थियोे । उक्त सहयोग बिपन्न, अभिभावक गुमाएका र आर्थिक अबस्था कमजोर भएका बालबालिकाहरु लाई दिएको छ । ती बालबालिकाको निरन्तर शिक्षाको लागि सहयोग पुग्ने सामाजिक अभियान्ता तथा बिब्यस सदस्य दिल बहादुर रम्तेलले जानकारी गराउनु भएको छ ।
प्रतिक्रिया