एन्फा राष्ट्रिय लिगः एपीएफ फाइनलमा प्रवेश

  नेपाली सन्देश डट कम | १२ माघ २०८१, शनिबार १०:१५

काठमाडौं । एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

त्रिभुवन आर्मी क्लबमाथि  जित हासिल गर्दै एपिएफ क्लब एन्फा राष्ट्रिय लिग २०२४–२५ को फाइनलमा प्रवेश गरेको हो ।

शनिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

एक गोलले पछाडि रहेको स्थितिमा स्ट्राइकर रश्मीकुमारी घिसिङले १० मिनेटमा दुई गोल गर्दा एपिएफले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

एपिएफले अब फाइनलमा आर्मी र नेपाल पुलिसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल माघ १६ गते बुधबार हुनेछ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?