सैफअली खान अस्पतालवाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर

  नेपाली सन्देश डट कम | ८ माघ २०८१, मंगलवार ०९:१९

काठमाडौं । बलिउड अभिनेता सैफ अली खान  लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सैफ अली खान डिस्चार्ज भएपछि उनका फ्यानहरुले राहतको सास फेरेका छन् । सैफ अली खानलाई अस्पतालबाट घर लैजाँदा पत्नी करीना कपूर पनि उनीसँगै देखिएकी थिइन् ।

यसअघि करिना कपुर पति सैफ अली खान डिस्चार्ज हुनुअघि नै अस्पताल पुगेकी थिइन् । करीना कपुरले सेतो रंगको टी–सर्ट लगाएकी थिइन् । ५ दिनपछि उनका श्रीमान् सैफ अस्पतालबाट डिस्चार्ज हुने उनको अनुहारमा राहतको भाव थियो । 

 चिकित्सकहरुका अनुसार सैफको स्वास्थ्यमा अहिले सुधार भइरहेको छ र उनको अवस्था अहिले स्थिर रहेको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?