एनआरएनए सम्मेलन : अर्थमन्त्री थाइल्याण्ड, गृहमन्त्री कम्बोडिया जाने

  नेपाली सन्देश डट कम | ७ माघ २०८१, सोमबार ००:०२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्ने भएका छन्।

आउँदो मार्च १७ देखि १९ सम्म कम्बोडियामा हुन लागेको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको प्रमुख अतिथिका रुपमा गृहमन्त्री लेखकलाई बोलाइएको संघले जनाएको छ।

संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधि मण्डलले मन्त्री लेखकलाई भेटेर कम्बोडिया सम्मेलनको निम्तो दिएको हो।

एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ग्लोबल युवा सम्मेलनका विषयमा आइतबारको केन्द्रीय समितिको बैठकमा छलफल भएको थियो।

यस्तै १५ मार्चदेखि थाइल्याण्डको राजधानीको बैंककमा आयोजना गरिएको युवा सम्मेलनलाई अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सम्बोधन गर्ने भएका छन्।

बैंकक युवा सम्मेलनपछि सोही प्रतिनिधि मण्डल कम्बोडिया प्रस्थान गर्ने तालिका छ।

सम्मेलनमा एसिया क्षेत्रमा रहेका गैरआवासीय नेपालीका समस्या तथा मुद्धाहरुमा व्यापक छलफल हुनेछ।

सम्मेलनमा घका केन्द्रीय पदाधिकारीहरु, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल सरकारका उच्च सरकारी अधिकारीहरुको सहभागिता रहनेछ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?