काठमाडौँ — नयाँदिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगिताको फाइनलमा नेपालका महिला र पुरुष दुवै टिम पुगेका छन् । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । दुवैतर्फको फाइनल आइतबार हुँदै छ ।
पुरुषतर्फ २० र महिलातर्फ १९ टिम सहभागी प्रतिस्पर्धामा नेपालका दुवै टिम फाइनलमा पुगेका हुन् । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा शनिबार भएको महिलातर्फको सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो ।
सरस्वती कडायतको कप्तानीमा उत्रेको नेपाली टिम ८९–१८ स्कोरमा विजयी भएको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । सेमिफाइनलमा नेपालकी पूजा ओड बेस्ट प्लेयर भइन् भने बेस्ट डिफेन्डर दीपा विक चुनिइन् । युगान्डाकी नागवा डोरोथी बेस्ट एट्याकर भइन् ।
प्रतिक्रिया