गजुरी/धादिङ
नेपाल एमाले गजुरी गाउँपालिका वडा नं.१ को वडा स्तरीय भेला सम्पन्न भएको छ।नेकपा एमाले गजुरी गाउँ संगठन कमिटीको ८ वटै वडामा भेला गरि संगठन निमार्ण गर्ने कार्ययोजना अनुसार आज पहिलो दिन वडा नं.१ को भेला बाक्लो उपस्थितिमा सम्पन्न भएको छ।भेलाबाट भद्रलाल मगरको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निमार्ण भएको छ।सङ्गै भातृ संगठन अन्तर्गत कबिराजा गिरिको संयोजकत्वमा २३ सदस्यीय युवा संघ नेपाल,रुपा बसेलको संयोजकत्वमा १५ सदस्यीय अखिल नेपाल महिला संघ,असोक तामाङको संयोजकत्वमा १४ सदस्यीय अखिल नेपाल किसान संघ गठन भएको छ। भेलामा माओबादि केन्द्र परित्याग गरि गजुरीका ढकराज नेपाल(राजु नेपाल)भनेर चिनिने र अम्मर तामाङ नेकपा एमालेमा प्रबेश गरेको छन् ।भद्रलाल मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य एवम् गजुरी गाउँपालिका इन्चार्ज राजेन्द्र बिक्रम बस्नेतको प्रमुख आतिथ्यता रहेको थियोे ।भने गाउँ संगठन कमिटी अध्यक्ष माधव भण्डारी,एमाले युवा नेता योगेन्द्र कुमार बस्नेत,वडा अध्यक्ष एवम् एमाले युवा नेता राजकुमार पण्डित,अखिल नेपाल महिला संघ गजुरी गाउँपालिका संयोजक कोपिला सिल्वाल,धनकुमारी हमाल लगाएतले सम्बोधन गर्नुभएको थियोे ।भने एमाले नेता बसन्त दुवाडिले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।
प्रतिक्रिया