रास्वपाले बनायो संबिधान संसोधन सुझाव कार्यदल

  नेपाली सन्देश डट कम | २१ पुष २०८१, आईतवार ०८:३४

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनका लागि सुझाव कार्यदल बनाएको छ ।

काठमाडौंमा हिजाे देखी जारी केन्द्रीय समिति बैठकले संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो ।

 कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार परियार नेतृत्वको कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्यको रुपमा रहनेछ । 

 कार्यदलले सात वटै प्रदेशमा र संविधानविद्हरूसँग छलफल गरेर धारणा बनाएर पार्टीको आधिकारिक धारण सार्बजनिक गरिने भएको छ ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?