इटालियन सिरिमा नापोलीको सहज जीत

  नेपाली सन्देश डट कम | २१ पुष २०८१, आईतवार ०५:१३

काठमाडौं । नापोलीले फियोरिन्टिनाविरुद्ध ३ ० को सहज जित निकालेको छ ।

इटालियन सिरी ‘ए’ मा शनिबार घरेलु टोली फियोरिन्टिनाविरुद्ध ३–० को सहज जित निकालेको हो ।

अर्टेमियो फ्रेन्ची रंगशालामा नापोलीलाई जित दिलाउन डेविड नेरेस, रोमेलु लुकाकु र स्कट म्याकटोमिनेले समान एक एक गोल गरेका थिए ।

खेलको २९औं मिनेटमा नेरेसको गोलमार्फत नापोलीले अग्रता लिएको थियो भने दोस्रो हाफको ५४औं मिनेटमा लुकाकुले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाएका हुन । र, म्याटोमिनेले ६८औं मिनेटमा गोल गर्दै नापोलीलाई ३–० को सहज जित दिलाउन सफल भए ।
यो जितसँगै १९ खेलमा ४५ अंक जोडन सफल भएको छ भने फियोरिन्टिना १८ खेलबाट ३२ अंकका साथ छैटौं स्थानमा छ ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?