कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पालाई विमानस्थलमा स्वागत

  नेपाली सन्देश डट कम | १९ पुष २०८१, शुक्रबार ०७:४६

काठमाडाैं। कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ। अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गरि स्वदेश फर्कनुभएका कीर्तिमानी पर्वतारोही शेर्पालाई शुक्रबार त्रिभुवन बिमानस्थलमा भव्य स्वागत गरिएको हो।
शेर्पाले सातवटै महादेशका उच्च शिखर आरोहण समेत गरेका छन्। स्वदेश आएपछि उनले सातवटै महादेशका अग्लो हिमाल चढ्ने आफ्नो सपना साकार भएकाले खुसी महशुस भएको बताए। उनले हिमाल आरोहणसम्बन्धी विश्वका पुरस्कारहरु नेपालमा भित्र्याउन पाए थप खुसी महशुस हुने उल्लेख गरे। त्रिभुवन बिमानस्थलमा स्वागत गरेपनि शेर्पालाई नगर परिक्रमा गराइएको थियो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?