प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

  नेपाली सन्देश डट कम | १८ पुष २०८१, बिहीबार ०६:५४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । 

भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी रहेका थिए । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र 
हुन ।

यही पुस १३ गते निजी भ्रमणमा नेपाल आउनुुभएका श्रीलङ्काका पूर्व प्रधानमन्त्रीसमेत रहनुुभएका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै छन ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?