एनपिएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सिरहामा स्वागत

  नेपाली सन्देश डट कम | १६ पुष २०८१, मंगलवार १७:००

सिरहा। नेपाल प्रिमियर लिग (एनपिएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा आज स्वागत गरिएको छ। जिल्ला क्रिकेट संघ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनमा खेलाडीलाई स्वागत गरिएको हो। सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाइएको थियो। खेलाडी सहभागी रहेको र्‍यालीमा हजारौँ समर्थक सहभागी थिए। खेलाडी र व्यवस्थापन पक्षलाई बाजागाजासहित स्वागत गर्दै ट्रफी परेड गरिएको थियो। कप्तान अनिल साहको नेतृत्वको टोलीलाई सिरहा नगरपालिकाको सीमा पदमपुरमा जिल्ला क्रिकेट संघका अध्यक्षसमेत रहेका मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ नेतृत्वको टोलीले स्वागत गरेको थियो। त्यसपछि चोकचोकमा स्थानीयले टोलीको विजयमा हर्षबढाइँ गरेका थिए।

उपाधिसहित मधेस प्रदेशका आठवटै जिल्लामा पुग्ने पूर्वघोषित कार्यक्रमअनुसार विजयी टोली सिरहा पुगेको हो। आइतबार रौतहटमा खेलाडीलाई सम्मान गरिएको थियो। एनपिएल ट्रफी मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्सले जितेपछि त्यसबाट यहाँका खेलाडीलाई प्ररेणा मिलेको सिरहा जिल्ला क्रिकेट संघका अध्यक्ष महासेठले बताए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?