ओलीको गृह जिल्लामा माओवादीमा प्रवेश गर्नेको ओइरो

  नेपाली सन्देश डट कम | १५ पुष २०८१, सोमबार १३:३९

झापा, विभिन्न पार्टी परित्याग गरी करिब ६ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

 

गौरीगञ्जमा आयोजित खबरदारी सभालाइ सम्बोधन गर्न पुगेका अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

 

यसरी बिभन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा अधिकांश राजवंशी समुदायका रहेको उनको सचिवालयले जनाएको छ ।

कार्यक्रमअघि अध्यक्ष प्रचण्डले गौरिगञ्ज–१ मा तिलक राजवंशीको घर पुगेर कोच संस्कृतिअनुसार खाना खाएका थिए । अध्यक्ष प्रचण्डलाई कोच संस्कृतिको भोजन उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चटनी र पापडलाई कोलाको पातमा दिइएको थियो ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?