राष्ट्रपति पौडेल र जापानी उपमन्त्री फुजीबीच शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटका क्रममा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा छलफल भएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भेटमा नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा पारस्परिक सहकार्यका विषयमा कुराकानी भएको थियो।
नेपाल र जापानबीच लामो समयदेखि कूटनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहिआएको छ। दुवै देशबीच आपसी सहयोग र सहकार्यलाई थप विस्तार गर्ने विषयमा समेत भेटवार्ताले महत्त्व राख्ने विश्वास गरिएको छ।
प्रतिक्रिया