बालेन सरकारमाथि हर्क साम्पाङको प्रहार : ऋणबिना देश चलाउने आँट गर

  नेपाली सन्देश डट कम | ६ मंसिर २०८३, शनिबार ११:२२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विदेशी ऋण लिने विषय संसदमा छलफल गराउन सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङले यस्तो माग गराएका हुन्। उनले विदेशी ऋण सरकारको व्यक्तिगत मामिला नभएको भन्दै ऋण लिने विषयमा संसद्लाई जानकारी गराउनुपर्ने बताए।

सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले विदेशी ऋण लिने विषय प्रधानमन्त्री वा मन्त्रीहरूको व्यक्तिगत मामिला नभएको टिप्पणी गरे।

‘विदेशी ऋण नलिई देश चलाउन सक्दैनौ भने हाम्लाई छाडिदेऊ, हामी चलाउँछौँ देश। तिम्रो व्यक्तिगत मामिला होइन है विदेशी ऋण। संसदमा छलफलमा ल्याउने गर, १०७ मिलियन डलर फेरि थप्दै रहेछौ। खुसीखुसी नगर साम्पाङले भनेका छन्।

प्रतिक्रिया

Selected poll is not defined.