जनताको दुःख,समस्यालाई एमालेले मात्रै सम्बोधन गर्छ ः लोहनी

  नेपाली सन्देश डट कम | २७ कार्तिक २०७९, आईतवार २३:३७

साङकोष÷ नेकपा एमाले धादिङ क्षेत्र नम्वर २ प्रतिनिधि सभाका उम्मेदवार खेमप्रसाद लोहनीले जनताको दुःख,समस्यालाई एमाले मात्रै सम्बोधन गर्ने बताउनुभएको छ । आईतबार धादिङको नीलकण्ठ नगरपालिकाको वडा नं १२ मा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लोहनीले स्थानीय स्तरमा भएका जनताको दुःख, समस्यालाई नेकपा एमाले मात्रै सम्बोधन गर्ने वताउनुभएको हो ।
लोहनीले एमालेले जितेमा देशले जित्ने र गठबन्धनले जितेमा देश झन अध्यारो युग तिर जाने बताउनु भएको छ । देश बिकासको खाका एमालेसंग मात्रै रहेकोले एमालेले जित्नुपर्ने बताउनु भयो । अहिले गठबन्धनले जनता झुक्याएर आफ्नो स्वार्थ पुर्ती गर्ने बाटो तय गरेको बताउनुभयो । उहाँले घिमिरे जँघारबाट लिफ्ट गरि पन्डितचौर हुँदै बाहुन गाउँमा सिंचाइ गरिने भन्दै करिब डेढ किलोमीटर माथि लिफ्ट सिचाइ मार्फत सिंचाइ सुबिधा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
उम्मेदवार लोहनीले आज नीलकण्ठ नगरपालिका वडा न १२ को बगैंचा, पण्डितचौर, आँगेटारी, भदुवार र वडा न १३ को मधुवन ,फ्यालेले खर्क , सेउलिमा मतदाता भेटघाट तथा घरदैलो गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं २ को प्रदेश(ख) का उमेदवार डा.रामकुमार अधिकारी,एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले नीलकण्ठ नगर कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?