सुशासन र समृद्धिका लागि मतदाताले एमाले रोज्ने छन् ः त्रिपाठी

  नेपाली सन्देश डट कम | २५ कार्तिक २०७९, शुक्रबार ०२:३६

गाेगनपानी/
नेकपा एमालेका धादिङ क्षेत्र नम्वर १ को उम्मेदवार भुमि त्रिपाठीले सुशासन र समृद्धिका लागि मतदाताले नेकपा एमाले रोजेको बताउनुभएको छ ।
बिहिबार धादिङको गल्छी गाउँपालिका वडा नं ८ को गोगनपानिमा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले स्थायी सरकार, सुशासन र समृद्धिका लागि आम मतदाताहरुले नेकपा एमालेलाई रोजेका बताउनुभएको हो ।
एमालेले विगतमा सुरु गरेको बिभिन्न महत्वपुर्ण यात्रालाई निरन्तरता दिन मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयोे । समृद्ध नेपाल सुखी नेपाली समग्र नेपालीको चाहना भएको बताउदै त्रिपाठीले भन्नुभयो,‘ एमाले बलियो भएमात्रै राष्ट्र बलियो हुन्छ,देशमा विकासको लहर ल्याउन एमालेले जित्नुपर्छ ।
त्रिपाठीले गोगनपानीको समृद्धिको लागि मौका पाउदाँ केही थालनी गरिएको र अब बाहै्र महिना सवारी चल्ने गरी सडक कालोपत्रे गर्ने पहिलो काम हुने बताउनुभयो ।
त्यस्तै प्रदेश सभा सदस्य १ (क) का उमेदवार रमेश कुमार आचार्यले समग्र विकासको लागि नयाँ ऐजेण्डाका साथ क्रियाशील रहेकाले नेकपा एमालेलाई बिजयी गराउन मतदातालाई आग्रह गर्नुभयो।
गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठी र आचार्यलाई स्थानियले फुल माला र अबिर लगायर भव्य स्वागत गरेका थिए । उहाँहरुले बिहिबार नै गल्छी गाउँपालिकाको वडा नं ८ को रानिमाला,चकमके लगाएतको क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ ।
कार्यक्रममा नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य नरेश खतिवडा, प्रदेश सभाको समानुपातिक उम्मेदवार उमा सिंखडा, एमाले धादिङका जिल्ला तहका नेताहरु, नेकपा एमाले गल्छी गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?