निरन्तर विकासका लागि एमालेको सरकार आवश्यक ः लोहनी

  नेपाली सन्देश डट कम | २३ कार्तिक २०७९, बुधबार १४:००

मैदी/
नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनीले निरन्तर विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
बुधबार धादिङको ज्वालामुखी गाउँपालिकाको मैदीमा नेकपा एमालेको तर्फबाट भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाटकार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लोहनीले नेपालको समग्र विकासको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको वताउनुभएको हो ।
लोहनीले बिगतमा एमालेले गरेका अधिकांश प्रतिबद्धताहरु पुरा गरेको भन्दै अबको निर्वाचनमा एमालेको जितसँगै बाँकी रहेका विकास निर्माणका काम र भावी योजनाहरु पुरा गर्ने बताउनुभयो ।
नेकपा एमालेले शुरु गरेको त्यतिवेलाको गाउँ विकासको अभियानका कारण अहिले जिल्लाका धेरै ठाउँमा मोटरबाटोको सुविधा पुगेको, गाउँ गाउँमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न भौतीक पूर्वाधार निर्माणको काम शुरु भएको भन्दै नेकपा एमालेले मात्र गाउँको विकास गर्ने र यसको दिर्घकालिन विकास गर्ने भएकाले नेकपा एमालेका उम्मेदवाहरुलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो । उम्मेदवार खेमप्रसाद लोहनीलेपर्यटकीय क्षेत्रको विकास र प्रवर्धनका लागि एमालेले कार्यक्रमहरु प्रतिवद्धतापत्रमा समेत उल्लेख गरेकोले योजना बनाएर काम गर्ने बताउनुभयो ।
आफ्नो पहलमा हालसालै ज्वालामुखी गाउँपालिकाको लागि बुढीगण्डकी मैदीकोट बृहत खानेपानी आयोजना स्विकृत भएको लोहनीले बताउनुभयो ।साथै पाँच बर्षे कार्यकालमा यो क्षेत्रको लागि बिभिन्न महत्वपुर्ण काम भएको र बाँकी रहेको अधुरा काम आगामी कार्यकालमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवार चुनाबपछि पनि गाँउ आएर विकासको बारेमा छलफल गर्न आग्रह गरेका छन् ।उहाँले बुधबार ज्वालामुखीगाउँपालिका वडा नं १, २ र ३ को बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं २ को प्रदेश (ख) का उमेदवार डा.रामकुमार अधिकारी, एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?