काठमाडौं। संयुक्त खश क्षेत्री नेपालको महिला विभागको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।
नेपालका बैङ्कर तथा नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालय शमशेर जङ्गबहादुर राणाको प्रमुख आतिथ्यमा तीज विशेष कार्यक्रम सम्पन भएको हो। देशभरिका क्षत्रीहरू एक भएमात्र सम्पूर्ण क्षत्रीको माग सुनिश्चित हुने राणाले बताए।
महिलाको महान् चाड हरितालिका तीज नजिकिएसँगै गाउँ र शहरमा महिला दिदी बहिनीको चहलहल बढेको छ। पायक पर्ने बजारमा किनमेल गर्न महिला अग्रसर देखिन्छन्।
सुखदुख बिसाउन एक ठाउँमा जम्मा हुने महिला दर खानेसँगै टिकटक बनाउन महिला व्यस्त देखिन्छन्। महिलाको महान् पर्व हरितालिकामा भेटघाट,आत्मियता र सुखदुख साटासाट गर्न दर कार्यक्रम माध्यम बनेको महिला विभाग प्रमुख उपाध्यक्ष राधा खड्काले बताईन्।
कार्यक्रममा महिलाहरुले मौलिक कला संस्कृतिको प्रर्दशन गरेका थिए। कार्यक्रममा कलाकारहरू लोक गायक अर्जुन खड्का , उषा केसी, सुनिता अधिकारी लगायतले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रम विभागको उपाध्यक्ष् लक्ष्मी बिष्ट को स्वागत तथा पत्रकार सानुकाजी थापाकाको संचालन मा सम्पन्न भएको थियो ।
प्रतिक्रिया