साढे ५७ करोडको बजेट पारीत गर्दै राजपुरको नवौं नगरसभा सम्पन्न

  नेपाली सन्देश डट कम | २ असार २०८२, सोमबार ०२:२५

रौतहट । रौतहटको राजपुर नगरपालिकाको ९ औं नगरसभा आईतवार एक समारोहका बिच सम्पन्न भएको छ। 
नगरसभामा राजपुरका मेयर डाक्टर राजिक आलमले आन्तरिक स्रोत, प्रदेश सरकार, सङ्घीय सरकारबाट अनुदान गरी आर्थिक वर्ष २०८२–८३  का लागि कुल ५७  करोड ५३  लाख ७८  हजारको बजेट सार्वजनिक गरेका थिए।

प्रस्तुत बजेटमा आन्तरिक आम्दानीबाट ८५ लाख, राजस्व बाँडफाँट संघीय सरकारबाट ११ करोड ४७ लाख, बित्तीय समानिकरण अनुदान सङ्घीय सरकार ११ करोड ३९ लाख, संघिय सरकार सशर्त अनुदान २६ करोड ४२ लाख, संघिय सरकार बिशेष अनुदान १ करोड ६४  लाख,संघिय सरकार समपुरक अनुदान २ करोड ८९ लाख रहेको उनले सार्वजनिक गरेका छन् । त्यसैगरी, मधेश प्रदेश सरकारबाट राजस्व बाँडफाँटमा ८० लाख,  समानिकरण अनुदान ७७ लाख ७८ हजार,  सशर्त अनुदान ८० लाख,  बिशेष अनुदान ३० लाख,  समपूरक अनुदान २० लाख  रहेको मेयर आलमले नगर सभामा सार्वजनिक गरेका थिए।

राजपुर नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर प्रत्येक वडामा एउटा स्मार्ट बिद्यालयको स्थापना, बिद्यार्थीसँग मेयर कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।
नगरभरीका निरक्षरको डाटा संकलन गरी साक्षरता कक्षा सञ्चालन गरिने, प्रत्येक माध्यमिक बिद्यालयमा पुस्तकालय स्थापना, शिक्षकहरुको मासिक तलव भुक्तानीको ब्यवस्था मिलाइने, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, पशु सेवा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको मेयर आलमले न्युज कारखाना लाई बताएका छन्। 

 आर्थिक वर्ष २०८२/८३ को लागि रौतहट जिल्लाको १८ पालिका मध्ये सबभन्दा पहिले राजपुर नगरपालिकाले नगरसभा सम्पन्न गरेको छ। नेपाल सरकारको नियमानुसार असार १० गतेभित्र अगामी आर्थिक बर्षको लागि नगरसभा मार्फत बजेट बिनियोजन गरिनु पर्ने ब्यवस्था गरिएको छ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?