काठमाडौँ, रक्षामन्त्री मानवीर राईले नेपाल पर्वतीय पर्यटनका लागि सुन्दर र आकर्षक गन्तव्य भएको बताउनुभयो । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि मन्त्री राईले नेपालमा पर्वतीय पर्यटनको अथाह सम्भावना र आर्कषक गन्तव्य भएको बताउनुभयो ।
“नेपाल सुन्दरता र पर्यटकीय दृष्टिकोणले निकै आर्कषक गन्तव्य हो मन्त्री राईले भन्नुभयो, “कतिपय स्थानमा म पुगेको पाएको छैन, तस्बिी हेर्दा आफँै पुगेजस्तो लाग्यो पर्यटकको आकर्षक गन्तव्य, प्राकृतिक सुन्दरता र सम्भावना तबस्बरमा झल्किन्छ । मन्त्री राईले नेपालमा केही सम्भावना छैन भन्ने समूहलाई तस्बिरले धेरै सम्भावना देखाएको उल्लेख गनुभयो । उहाँले भन्नुभयो, “नेपालमा केही छैन भन्ने प्रचार पनि गराउन खोजिएको छ, नेपालमा पर्वतीय पर्यटनका क्षेत्रमा धेरै सम्भावना छ ।
मुलुकमा गणतन्त्रको स्थापना भएपछि सदरमुकासम्म पुगेको सडक अहिले हरेक गाउँपालिका पुगिरहेको र सूचना प्रविधिको राम्रो विकास भइरहेको उहाँको भनाइ थियो । “प्राकृतिक हिसावले निकै सुन्दर छ, नेपाल बस्नका लागि अत्यन्तै सुन्दर देश हो, जाडो मन पराउनेलाई चिसो, गर्मी मन पर्नेलाई गर्मी यही छ मन्त्री राईले भन्नुभयो, “सरकारले विकासका लागि पर्यटन प्रवर्द्धनमा राम्रो प्रयत्न गरेको छ, हिमाल, ताल, गुम्वा, ऐतिहासिक गाउँ, बहुभाषी, बहुजाती भएको देश हो ।
मन्त्री राईले जलवायु परिर्वतनले नेपालमा ठूलो असर पारेको र त्यसका दोष विकसित देशको भएको बताउनुभयो । “मुलुकको सम्भावना देखाउन राससले आयोजना गरेको तस्बिर प्रदर्शनीमार्फत जे प्रयास गरिहेको छ, यो देश र जनताको हितमा काम गरिरहेको छ,” मन्त्री राईले भन्नुभयो, “नेपालमा पर्याप्त सम्भावना छ भनेर प्रष्ट तस्बिरमा देखाएको छ । यसअघि आजै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा अध्ययनरत ४० जना विद्यार्थीले तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन् । अवलोकनपछि उक्त प्रतिष्ठानका टसि शेर्पाले राससले मुख्य काम समाचार सम्प्रेषणका साथै मुलुकका प्राकृतिक सम्पदाको प्रचारप्रसारका लागि आयोजना गरेको तबस्बर प्रदर्शनी प्रशंसनीय भएको बताउनुभयोे ।
सो प्रतिष्ठानमा अध्ययनरत छात्रा जेनिफर न्यौपानेले नेपालका प्राकृतिक पर्यटकीय गन्तव्यको प्रचारप्रसारले मुुलुकको समृद्धिको टेवा पुग्ने बताउनुभयो । सोही प्रतिष्ठानमा अध्ययनरत छात्र साइरस कार्कीले पर्यापर्यटनको प्रचारप्रसारमा यस तस्बिर प्रदर्शनीले योगदान गर्ने बताउँदै आगामी दिनमा डिजिटल माध्यमबाट समेत प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया