काठमाडौँ । भारतीय क्रिकेटर रिंकु सिंह र समाजवादी पार्टीकी युवा सांसद प्रिया सरोजले इन्गेजमेन्ट गरेका छन् । रिंकु र प्रियाको इन्गेजमेन्ट समारोह लखनऊको पाँचतारे होटलमा आइतबार सम्पन्न भएको हो ।इन्गेजमेन्टमा राजनीति र क्रिकेट जगतका प्रसिद्ध व्यक्तित्वहरू उपस्थित थिए । प्रिया उत्तर प्रदेशको मछलीशहरकी लोकसभा सदस्य हुन् । रिंकु र प्रियाको इन्गेजमेन्ट समाजवादी पार्टीका प्रमुख अखिलेश यादव, सांसद डिम्पल यादव र अभिनेत्री जया बच्चन जस्ता हस्तीहरु सहभागी थिए ।त्यस्तै कार्यक्रममा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्ला क्रिकेटर भुवनेश्वर कुमार र पियुष चावला उपस्थित थिए । दुवैको विवाह १८ नोभेम्बर २०२५ मा वाराणसीमा हुने बताइएको छ ।
प्रतिक्रिया