काठमाडौँ । बलिवुडको साजिद नाडियाडवालाको बहु-स्टारर फिल्म ‘हाउसफुल ५’ ले भारतीय बक्स अफिसमा शानदार शुरुवात गरेको छ । एक दर्जनभन्दा बढी स्टारहरू भएको यो कमेडी फिल्मले रिलिजको दुई दिनमा ५६ करोड ७३ लाख कमाई गरेको छ ।पहिलो दिन २४ करोड ३५ लाख कमाई गरेको हाउसफुल- ५ ले दोस्रो दिन ३२ करोड ३८ लाख कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । यद्यपी ठुलो स्टारकाष्ट भएको हाउसफुल-५ को यस कमाईलाई औसत भनेका छन् । अब यस फिल्मले यो साता कस्तो कमाई गर्छ, त्यस आधारमा हिट र फ्लप हुने बताइएको छ ।’हाउसफुल ५’ मा २० भन्दा बढी कलाकारहरू देखिएका छन्, जसमा अक्षय कुमार, रितेश देशमुख, संजय दत्त, अभिषेक बच्चन, नाना पाटेकर जस्ता दिग्गज कलाकारहरू समावेश छन् । सोनम बाजवा, नरगिस फाखरी, ज्याकलिन फर्नान्डेज र चित्रांगदा सिंह पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्म तरुण मनसुखानीद्वारा निर्देशित र साजिद नाडियाडवालाले निर्माण गरेको हो ।३०० करोडको ठूलो बजेटमा बनेको हाउसफुल ५ लाई भारतीय सिनेमाको अहिलेसम्मको सबैभन्दा ठूलो कमेडी फिल्म भनिएको छ । फिल्मको प्रचार पनि एकदमै अनौठो तरिकाले गरिएको छ, जसले दर्शकहरूलाई जिज्ञासु बनाएको छ । एकातिर अक्षय कुमार यो फिल्मबाट फेरि एक पटक बक्स अफिसको बादशाह बन्ने अपेक्षा गरिएको छ भने अर्कोतर्फ हाउसफुल ५ ले आफ्नो अघिल्ला भागहरूको सफलतालाई जित्न सक्छ या सक्दैन भन्ने कौतुहलता रहेको छ ।
प्रतिक्रिया