सहमतिको भाषा टुंगाउदैछौं- प्रचण्ड

  नेपाली सन्देश डट कम | २५ जेष्ठ २०८२, आईतवार १९:२१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध खुलाउने विषयमा सहमतिको भाषा टुंगाउने चरणमा रहेका छौं ।प्रचण्डले संसद खोल्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग सकारात्मक कुरा भएको बताउदै अब सहमतिको भाषा टुंगाएपछि सदन चल्ने बताए । उनले माओवादी केन्द्र मात्र लचक भएर नहुने भन्दै सहमतिमा आउन सबै लचक हुनुपर्ने बताए ।यस अघि आज अपराहन्न १ बजे बस्ने भनिएको बैठक ३ : १५ बजेदेखि शुरु हुने गरि सारिएको थियो । त्यसपछि साढे ५ बजेका लागि सारिएको बैठक पनि आज बस्ने संकेत देखिएको छैन ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?