काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक पनि अवरोध भएपछि स्थगित भएको छ । साँझ साढे ६ बजे शुरु भएको प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सोमबार अपराहन्न २ बजेसम्मका लागि स्थगित गरेका हुन् ।सभामुखले हाल जारी सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमति हुन लागेको आफुले बुझेको भन्दै सोमबार सम्मका लागि संसद स्थगित गरेका हुन् ।जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया