काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध मुद्धा दायर गरेको छ ।यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ ६ लाख ७० हजार घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा विहिबार मुद्धा दायर गरेको हो ।अख्तियारका अनुसार यादवलाई सेवाग्राहीबाट पाँच लाख ७० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । उनले त्यसअघि नै थप एक लाख लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया