गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब भयो- रेडक्रस

  नेपाली सन्देश डट कम | २१ जेष्ठ २०८२, बुधबार १९:०९

काठमाडौँ । अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष मिर्जाना स्पोलजारिकले गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब भएको टिप्पणी गरेकी छन् ।जेनेभा मुख्यालयमा बीबीसीसँग कुरा गर्दैस्पोलजारिकले गाजामा मानवता पूर्ण रूपमा समाप्त भएको बताएकी हुन् ।उनले भनिन्- ‘देशहरूले यो युद्ध अन्त्य गर्न, प्यालेस्टिनीहरूको पीडा अन्त्य गर्न र इजरायली बन्धकहरूलाई रिहा गर्न पर्याप्त कदम चालिरहेका छैनन् । प्यालेस्टिनीहरूलाई मानवीय मर्यादाबाट वञ्चित गरिएको छ र अन्तर्राष्ट्रिय मानवीय कानून खोक्रो हुँदैछ । गाजामा जे भइरहेको छ त्यो कुनै पनि कानुनी, नैतिक र मानवीय मापदण्डले स्वीकार गर्न सक्दैन ।’अन्तर्राष्ट्रिय रेडक्रस समिति युद्ध क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । गाजामा यसका लगभग १३० कर्मचारीहरू छन्, जसमध्ये धेरैजसो प्यालेस्टिनीहरू छन् ।सोमबार गाजामा राहत केन्द्रमा राहत लिने समयमा भएको इजरायली गोलीबारीमा कम्तिमा २७ प्यालेस्टिनीहरू मारिएका थिए ।लामो समयदेखि खाद्यान्न पुग्न नसक्दा अहिले गाजामा भुकमरीको अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?