लिङदेन नगएपछि राजावादीको बैठकमा विवाद

  नेपाली सन्देश डट कम | २१ जेष्ठ २०८२, बुधबार १८:५४

काठमाडौँ । राजवादी समुहको बैठकमा होहल्ला भएको छ ।काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा संयुक्त जनआन्दोलन समितिले बोलाएको राजावादी समुहका ४४ दल, समुह र अभियानका प्रतिनिधिको बैठकमा विवाद भएको हो ।बैठकमा सहभागी एक नेताका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन बैठकमा अनुपस्थित भएपछि सहभागीले प्रश्न उठाएका थिए । लिङदेनले कार्यव्यस्तताको कारण देखाउदै बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको बताइएको छ ।    बैठकमा होहल्ला हुन थालेपछि समितिका संयोजक नवराज सुवेदीले सम्झाउने प्रयास गरे पनि नरोकिएपछि आन्दोलनका कार्यक्रम पछि जानकारी गराउने भन्दै बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?