कांग्रेस पूर्वसांसद् अफताब आलमलाई सफाइ

  नेपाली सन्देश डट कम | १४ जेष्ठ २०८२, बुधबार १८:१२

जिल्ला अदालत रौतहटले दोषी ठहर गरेको कांग्रेसका पूर्वसांसद अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको हो।
राजपुर बम बिस्फोटको घटनामा घाइतेहरुलाई जिउदै जलाएको र हत्या गरेको आरोप थियो ।
सर्वोच्च अदालतको आदेशपछि उनलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
१४ जेठ, काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले आरोपबाट सफाइ पाएका छन् ।

जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।

संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।

आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?