नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले पार्टीको १५ औं महाधिवेशनमा सभापति उठ्ने बताएका छन्। आफ्ना निवासमा भेट्न पुगेका नेताहरूलाई उनले पार्टीको सभापतिमा लड्ने र त्यसका लागि साथ दिन आग्रह गरे।
उनको निवासमा आज नेपाल प्रजातन्त्र सेनानी संघको टोली पुगेको थियो। संघको टोलीले पार्टी सही ढंगले नचलेको गुनासो गरेपछि उनले भनेका थिए, ु१५औं महाधिवशेनमा सभापति उठ्छु। तपाईंहरूको दरिलो साथ चाहियो। यसअघि कांग्रेस महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिने चर्चा चलेको थियो । गगन आन्तरिक तयारीमा छन् ।
आजको भेटमा संघका अध्यक्ष बालकृष्ण दाहालले पार्टीको वडातहदेखि प्रजातन्त्र सेनानीहरूको सुनिश्चिततासहितको मागपत्र कोइलालाई बुझाएका थिए।
उनले प्रजातन्त्र सेनानीहरूले लोकतन्त्र ल्याउनुमा ठूलो भूमिका रहेको र यसलाई सरकारले सम्मान गर्नुपर्ने बताए।
प्रतिक्रिया