नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त

  नेपाली सन्देश डट कम | ६ जेष्ठ २०८२, मंगलवार १८:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा. डा. विश्व पौडेल नियुक्त भएका छन्।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा पौडेललाई नियुक्त गरेको हो।

यससँगै राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर विवाद टुंगिएको छ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार तीन जनाको नाम गभर्नरका लागि सिफारिस गरेकोमा सरकारले पौडेललाई नियुक्त गरेको हो।

समितिले पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?