ईश्वरपुर नगर प्रमुख आचार्यद्वारा निःशुल्क कम्प्युटर तथा डल कुशन तालिमको शुभारम्भ

  नेपाली सन्देश डट कम | ६ जेष्ठ २०८२, मंगलवार १०:५९

ईश्वरपुर, सर्लाही – २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) दिई सकेका विद्यार्थीहरूलाई लक्षित गरी ईश्वरपुर नगरपालिकामा निःशुल्क कम्प्युटर तालिम तथा डल कुशन तालिम सुरु गरिएको छ।

यस तालिमको औपचारिक समुद्घाटन ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यको आर्थिक सहयोगमा सम्पन्न भएको हो। तालिमले विद्यार्थीहरूलाई सूचना प्रविधि र व्यावसायिक सीपमा दक्ष बनाउन सहयोग गर्ने लक्ष्य लिएको छ।

समाजमा दक्ष जनशक्ति उत्पादन गर्ने र युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको यस तालिमले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्ने विश्वास लिइएको छ। समुद्घाटन कार्यक्रममा स्थानीय शिक्षक, अभिभावक, समाजसेवी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस प्रेरणादायी कार्यका लागि नगर प्रमुख आचार्यप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?