स्याउको डिब्बाबाट साढे सात किलो सुन बरामद

  नेपाली सन्देश डट कम | ४ जेष्ठ २०८२, आईतवार २३:३३

काठमाडौं । प्रहरीले रसुवाबाट सात किलो ६५३ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। 

 गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढी नाकाबाट आइतबार अपराह्न प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको हो। 

 पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीका २४५ वर्षीय किशोर भुजेल रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।  चीनबाट आइरहेको बा ४ ख ६२०१ नम्बरको स्याउको डिब्बा गाडीबाट सुन बरामद भएको शाहीले बताए। भुजेल सो गाडीका चालक हुन्। 

 ‘स्याउ बोकेर आएको डिब्बा गाडी चेकजाँच गर्दा सुन फेला परेको हो,’ शाहीले भने। बरामद सुनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?