डीआईजी बढुवामा दौड: नेपाल प्रहरीले देखायो दुई फरक पृष्ठभूमिका एसएसपीबीच प्रतिस्पर्धा

  नेपाली सन्देश डट कम | १ जेष्ठ २०८२, बिहीबार १२:३९

काठमाडौं। नेपाल प्रहरीमा रिक्त रहेको १० डिआइजी (प्रहरी नायव महानिरीक्षक)मा दुई व्याचीहरुको प्रतिस्पर्धा रहेको छ। नेपाल प्रहरीबाटै बढुवा भएका र राष्ट्रिय अनुसन्धान विभागबाट स्थान्तरण भएकाहरुको प्रतिस्पर्धा रहेका हो। जनपथतर्फ डिआईजीको संख्या २० रहेको छ।

जसमध्ये १० वटा डिआईजीको पद रिक्त रहेको छ। सरकारले डिआईजी बढुवाको तयारी थालेपछि अहिले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरुबीच दौडधुप शुरु भएको छ।

१० डिआईजी पदको लागि अहिले बढुवाका लागि दुई फरक पृष्ठभूमिबाट आएका एसएसपीहरूबीच प्रतिस्पर्धा हुँदैछ। एकातिर नियमित प्रक्रियाबाट सेवा प्रवेश गरेका ‘११२ टोली’का अधिकृतहरू छन् भने अर्कातिर राअविबाट स्थान्तरण भएर आएका अधिकारीहरू बढुवाको दौडमा छन्।

हालको बढुवा प्रक्रियामा आफूहरू अन्यायमा परेको भन्दै राअवि समायोजन समूहले लविङ तीव्र पारेको छन्। उता, ११२ टोली भने प्रहरी नियमावलीअनुसारको बरीयता कायम गर्नुपर्ने अडानमा रहेकाले दुवै पक्षको दबाबका कारण प्रहरीको बढुवा पेचिलो बन्दै गएको छ।

नियमावलीअनुसार समायोजित अधिकृतहरू प्रहरी निरीक्षकमा ढिलो नियुक्ति भएकाले बरीयतामा पछि परेका हुन्। यद्यपि, सर्वोच्च अदालतको फैसला र समायोजन प्रक्रियाको निरन्तरताले उनीहरूलाई बिस्तारै बढुवा मिल्दै आएको छ।

अहिलेको डिआईजी बढुवामा पर्ने अधिकृतहरूले आगामी तीन वर्षभित्र नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने सम्भावना रहेकाले यो प्रतिस्पर्धा अत्यन्तै रणनीतिक बनिरहेको छ। कार्यसम्पादन मूल्यांकन, सेवाअवधि, बरीयता, विवादरहित रेकर्ड लगायतका मापदण्डहरू प्रमुख आधार हुनेछन्।

विश्व अधिकारी, भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दिप शमशेर जबरा, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, गंगा पन्त, कृष्ण बहादुर पल्लीमगर, तारादेवी थापा, प्रज्वल महर्जन बढुवाका दावेर हुन्। २ महिला एसएसपीलाई समेटेर यो टोलीबाट ५ जना बढुवामा पर्ने सम्भावना रहेको स्रोत बताउँछ।

गृहमन्त्री रमेश लेखकले डिआईजी बढुवाको सन्दर्भमा नेतृत्व विकास गर्नेगरी संगठन प्रमुख दीपक थापालाई निष्पक्ष निर्णय प्रक्रियालाई प्राथमिकता दिन निर्देशन दिएका छन्।

राअविको टोलीका प्रतिस्पर्धी रहेकाले अघिल्लो बढुवामा छुटेका ओमबहादुर राना, यसपटक बढुवाको पहिलो सूचीमै रहेको स्रोतको दावी छ। माधव प्रसाद श्रेष्ठ, दीपेन्द्र जिसी, दीपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, संजिब शर्मा दास, शारदाप्रसाद चौधरी राअबिबाट स्थानतरण भएका हुन्।

उनीहरु पनि बढुवाको दावी गरिरहेका छन्। ११२ टोलीभन्दा एसएसपीमा अगाडि भएपनि राअवि टोलीका अधिकांश अधिकृतहरु विवादमा तानिएका छन्। तर, अहिलेको बढुवामा एक नम्बरमा रहेका राना पर्ने सम्भावना छ।

यसरी हेर्दा डीआइजी पदमा बढुवाको दावेदारमा २०५४ साल चैतमा सेवा प्रवेश गरेका, २०५६ साल असारमा सेवा प्रवेश गरेका तथा २०५८ सालमा नेपाल प्रहरीमा छिरेका तर राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेको मिति जोडेर ‘सिनियर’ बनेका टोलीहरुको प्रतिस्पर्धा छ।

२०५४ साल चैतमा खुला प्रतिस्पर्धाबाट प्रहरी सेवा प्रवेश गरी २०७९ साउन ३ गते एसएसपी भएका २ जना, २०५८ सालमा नेपाल प्रहरीमा छिरेका तर राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेको मिति जोडेर ‘सिनियर’ बनेका र २०७९ साउन ३ गते नै एसएसपी भएका १० जना तथा २०५६ साल असारमा खुला प्रतिस्पर्धाबाट प्रहरी सेवामा प्रवेश गरी २०८० वैशाख २४ गते एसएसपी भएका १५ जना गरी जम्मा २७ जना अधिकृतहरुको बीचमा १० सीटको लागि प्रतिस्पर्धा भइरहेको छ। तर सिट संख्या भने १० मात्रै रहेको छ।

२०५४ र २०५६ सालमा प्रहरी निरीक्षक पदमा खुला प्रतिस्पर्धामा सामेल भएर लोक सेवा आयोगद्वारा लिइएको लिखित परीक्षाहरु, शारीरिक बाधापार परीक्षा, मेडिकल टेस्ट तथा अन्तरर्वार्ता आदि सबै चरण पार गरेर सेवा प्रवेश गरेका अधिकृतहरु तुलनात्मक रुपमा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएका अधिकृतहरु भन्दा कार्यक्षमता, अनुभव, अनुशासन, नैतिकता, आचरण र पदीय मर्यादाको सवालमा अब्बल रहेका छन्।

नेपाल प्रहरीमा ‘नमस्ते टोली’ को नामबाट परिचित राष्ट्रिय अनुसन्धान विभागबाट आएका यी अधिकृतहरु ‘चुरोटको खोलमा निवेदन लेखेर जागीर खाएका’ भनेर समेत आरोप लाग्दै आएको छ।

नेपाल प्रहरीको कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सामेल नभएका यिनीहरु नेपाली कांग्रेसका खुमबहादुर खड्का गृह मन्त्री हुँदा मन्त्री स्तरीय निर्णयबाट नेपाल प्रहरीमा प्रवेश गर्न सफल भएका थिए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?