काठमाडौँ । तिब्र हावाको वेगका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा अवतरण प्रक्रिया अवरुद्ध भएको छ ।
सोमबार साँझ काठमाडौँ अवतरणको तयारीमा रहेका कतार एयरवेज, कोरियन एयरलाइन्स लगायत आधा दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू आकासमै होल्डमा परेका छन् ।
कोरियन एयरलाइन्सको एक यात्रुका अनुसार, विमानले करिब तीन घण्टा काठमाडौँको आकाशमा चक्कर लगाए पनि अवतरण गर्न नसकेपछि अन्ततः सबै यात्रुसहित सो विमान नयाँ दिल्लीतर्फ मोडिएको हो ।
विमानस्थल प्रशासनले घटनाबारे औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन । खराब मौसमका कारण अन्य उडानहरू समेत प्रभावित भएका छन् ।
थप जानकारी आउन बाँकी छ।
प्रतिक्रिया